एसईई उत्तिर्न गर्ने हरुमा बधाई तथा भविस्य को लागि शुभकामना


 कुशल छु कुशल्ता को कामना गर्दछु। 


हुन त म कुनै ठुलो अनुभव बोकेको मान्छे पनि होइन।यही ब्याचमा एसईई उत्तिर्न गरेको विद्यार्थी हुँ तर सामाजिक सन्जालमा भाईरल भाईरहेको एसईईका विद्यार्थीलाई होच्याउने गलत प्रब्रितीको बिरोधकर्ता पनि हुँ।यो विद्यार्थीको कुनै रहरको कुरा पनि थिएन। कती विद्यार्थी त परीक्षा केन्द्र सम्म पुगेर फर्केको नि देखियो।उनिहरु त परीक्षा हुन्छ नै भनेर वहाँ पुगेका थिए तर बिधम्बना परीक्षा स्तगित भाईसकेको थियो ।

समय बित्डेइ गयो,पछी नतिजा पनि प्रकाशन भयो र नतिजा राम्रो पनि आयो तर नतिजा राम्रो आयो भनेर विद्यार्थी को मनोबल बढाउनु पर्ने बेलामा यो त शिक्षक ले हालेको नतिजा न हो भनेर अज मनोबल घटाऊने काम भयो र यो कुरा राम्रो कि नराम्रो तपाईं लाई पनि यथवतनै होला।बिद्यालयले पनि विद्यार्थीको क्षमता को आधारमा नै अंक प्रदान गरेको हुन्छ।आज बढी अंक दिएर भोली कलेज मा होचिनु नप्रोस नै भन्नी शिक्षकलाई पनि हुन्छ जस्तो मलाई लाग्छ।

शिक्षा सिकाइ को प्रकृया मात्रै हो र सिकाइ लाई कपी को पानामा नै उतार्न्नु पर्छ भन्ने पनि मलाई लाग्दैन।ग्रेद र G.P.A को आधारमा विद्यार्थीको क्षमता लाई औंला उठाउनु शायदनै कसैको अधिकारमा पर्दैन जस्तो मलाई लाग्छ।बर्षदिन लगाएर पढेको कुरा त थाहा हुन्छ नै चाहे परीक्षा होस् या नहोस्।      

 त्यस्तो धेरै भन्नु त केही थिएन तर नराम्रो कुरामा थाधै औंला उठाउनुपर्छ भन्ने धारणाको आत्मसाथ गर्दै  सामाजिक सन्जालमा फैलाअीदेइ गरिएका यस्ता नराम्रा कुराहरुले गर्दा कुनै विद्यार्थीमा नराम्रा्ओ असर नपरोस भन्ने हेतुले एउटा सानो ब्लग लेखेको छु र एसईई उत्तिर्न गर्नुभएका सबै विद्यार्थीहरु मा बधाई तथा उज्ज्वल भविस्यको लागि शुभकामना ब्यक्त गर्दछु।

हजुरहरुकै शुभचिन्तक  

मुकेश वोस्ती 



          

 

Comments

Post a Comment

Popular Posts